फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु « Khabarhub

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्डनजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो।

विस्फोटपछि लागेको आगलागीमा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलेको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।

बेलगावी कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब ५०६ किलोमिटर उत्तरपश्चिममा पर्छ।

घटनाका सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी फ्रिज विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ३ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको