सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते « Khabarhub

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा कारमाथि बजारिँदा दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुकी करिब साढे ६ बजे तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर ९झरना० नजिकै सडक माथिबाट अचानक ढुंगा खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार ढुंगा लागेर कारमा सवार दुई जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको र चालक सकुशल रहेको उनके जानकारी दिए ।

दुर्घटनामा कारमा सवार बुटवल उपमहानगरपालिका–७, दिपनगर क लाइनकी ३७ वर्षीया जुलन गैरे र बुटवल उपमहानगरपालिका–जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल गम्भीर घाइते भएकी छन् । घाइतेको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ ।

चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, कोलुवाका ३६ वर्षीय राजकुमार लोध सामान्य घाइते छन् । माथिबाट अचानक खसेको ढुंगाले कारमा ठोक्किँदा कारमा ठूलो क्षति पुगेको छ । ढुंगा लागेपछि कार क्षतविक्षत बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ८ : ५७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना