अर्थ समाचार : विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो, सरकारको ३ महिनामा १.५४ प्रतिशतले बढ्यो जीडीपी, आरुघाट पुलमा दसैँअघि बेलिब्रिज राख्ने र अस्ट्रेलियामा बेरोजगारी दर बढ्यो « Khabarhub

अर्थ समाचार : विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो, सरकारको ३ महिनामा १.५४ प्रतिशतले बढ्यो जीडीपी, आरुघाट पुलमा दसैँअघि बेलिब्रिज राख्ने र अस्ट्रेलियामा बेरोजगारी दर बढ्यो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ ।

कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिको प्रयोग गरी तयार पारेको मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार भने तेस्रो त्रैमासिक (माघ, फागुन र चैत) को तुलनामा चौथो त्रैमासिकमा जीडीपी १.५४ प्रतिशतले बढेको देखाएको हो । जुन वर्तमान सरकारको पहिलो त्रैमासिक अवधि हो ।

आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा मापन गरिएका यी अनुमानहरूले अर्थतन्त्रका अधिकांश क्षेत्रहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको सङ्केत गरेका छन् ।

विद्युत उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एवम् ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम सङ्कलन र आवास तथा भोजन सेवाजस्ता क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा मुख्य योगदान पुर्‍याएको छ । यद्यपि, सरकारी खर्चमा आएको कमी तथा आन्तरिक औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको समग्र आर्थिक वृद्धिदर सामान्य अवस्थामा नै सीमित रहेको देखिन्छ ।

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।

मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ ।

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ७ : ०१ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.