आजका समाचार : गगन नेतृत्वको कांग्रेस आयोगमा, फेरि सडकमा सहकारी पीडित, विप्लव-मिराज सहकार्य र ग्रिनल्यान्डमा युरोपेली सैनिक पठाइयो « Khabarhub

आजका समाचार : गगन नेतृत्वको कांग्रेस आयोगमा, फेरि सडकमा सहकारी पीडित, विप्लव-मिराज सहकार्य र ग्रिनल्यान्डमा युरोपेली सैनिक पठाइयो


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् ।

सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे उनले यस्तो बताएका हुन् ।

ओलीले सुशीला कार्की नेतृत्वको सरकारले ठगहरूलाई प्रोत्साहन गरेको पनि बताएका छन् । ‘जसको लौरो, त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा पनि स्थापित भको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मलाई कलंकित भएको छ’, ओलीले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति मजाले खान पाइन्छ, मुद्दा लाग्दैन, हिजो मुद्दा लागे पनि माफी मिनाहा गरेर चुनावमा हिरो बनाउँदै अगाडि सारिन्छ ।’

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता

गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराएर निर्वाचन आयोगबाट फर्किएका छन् ।

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गर्न आयोग जाने निर्णय गरेपश्चात् उनीहरू गएका थिए ।

उक्त निर्णयअनुसार सभापति थापा र उपसभापति शर्मासहितको नवनिर्वाचित टोली केही बेरअघि निर्वाचन आयोगमा पुगेको थियो ।

खड्का निवासमा कानुन व्यवसायीसँग परामर्श गर्दै कांग्रेस नेताहरू

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी समूहका नेता मिराज ढुंगानाले आन्दोलनमा सहकार्यका लागि सहमति भएको छ ।

बिहीबार काठमाडौंमा दुई पक्षले आगामी दिनमा सहकार्य गरेर आन्दोलन अघि बढाउनेगरी ४ बुँदे सहमति गरेका हुन् ।

जेन(जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने गरी दुई पक्षले सहमति गरेका हुन् ।

ढुंगाना नेतृत्वको जेन-जी समूहसँग आन्दोलनको लागि सहकार्य गरेका चन्द नेतृत्वको माओवादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुनेगरि अघि पनि बढेको छ ।

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ ।

राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले यस्तो कदम चालेको हो ।

प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो ।

यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको सङ्केत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु














प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ५३ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक