भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ : मोदी « Khabarhub

भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ : मोदी


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा तीव्र गतिले अघि बढिरहेको बताएका छन् । विश्वमा अनिश्चितता र अस्थीरता कायम रहेका बेला भारत भने सुनिश्चितता र स्थीरताको अभूतपूर्व युगमा रहेको उनले बताए ।

भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत विश्वमा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि हासिल गर्ने महत्वपूर्ण अर्थतन्त्रका रुपमा रहेको भन्दै अब चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी गरे ।

भारतको यो प्रगतिमा गुजरात राज्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले अहिले विश्वले भारतलाई निकै अपेक्षित नजरले हेरिरहेको उल्लेख गरे ।

उनले मध्यमवर्गको विस्तार र उनीहरुको क्रय क्षमताले भारतलाई अथाह सम्भावनाको मुलुक बनाएको उनले बताए । उनले भारत ‘रिफर्म, पर्फम र ट्रान्सफर्म’ को मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको बताए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ११ : १४ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई