भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ : मोदी « Khabarhub

भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ : मोदी


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा तीव्र गतिले अघि बढिरहेको बताएका छन् । विश्वमा अनिश्चितता र अस्थीरता कायम रहेका बेला भारत भने सुनिश्चितता र स्थीरताको अभूतपूर्व युगमा रहेको उनले बताए ।

भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत विश्वमा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि हासिल गर्ने महत्वपूर्ण अर्थतन्त्रका रुपमा रहेको भन्दै अब चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी गरे ।

भारतको यो प्रगतिमा गुजरात राज्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले अहिले विश्वले भारतलाई निकै अपेक्षित नजरले हेरिरहेको उल्लेख गरे ।

उनले मध्यमवर्गको विस्तार र उनीहरुको क्रय क्षमताले भारतलाई अथाह सम्भावनाको मुलुक बनाएको उनले बताए । उनले भारत ‘रिफर्म, पर्फम र ट्रान्सफर्म’ को मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको बताए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ११ : १४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी