भारतको कोजिकोडेबाट साउदी अरबको रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने « Khabarhub

भारतको कोजिकोडेबाट साउदी अरबको रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब भारतको केरला राज्यस्थित कोजिकोडे विमानस्थलबाट साउदी अरबको राजधानी रियादमा प्रत्यक्ष हवाइ उडान सञ्चालनमा आउने भएको छ । साउदी अरबको राष्ट्रिय ध्वजावाहक साउदीयाले यस्तो उडान गर्न लागेको हो ।

भारतमा साउदीयाको यो सातौँ गन्तव्य हो । आगामी फेब्रुअरी १ देखि साउदीयाले हरेक साता कोजिकोडे अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आठ वटा उडान भर्ने जनाइएको छ ।

यस हवाइ सेवा प्रदायकले यसअघि भारतका बेङ्गलुरु, मुम्बई, कोची, दिल्ली, हैदरावाद, लखनउबाट पनि उडान भर्दै आएको छ । नयाँ उडानबाट बिदा मनाउने पर्यटक, व्यापारिक यात्रु र उमराह र हजजस्ता तीर्थ जाने यात्रुलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ४८ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई