भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी « Khabarhub

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ ।

करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो ।

करिब दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय खेल भलिबलको विकासमा उपयोग गरिने सङ्घको लक्ष्य छ ।

महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारको बजेट राज्यबाट समयमै प्राप्त नहुँदा केही संरचनाको निर्माणकार्यमा ढिलाइ भएको उल्लेख गरे । उनले यसको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

‘राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ’, उनले भने, ‘भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको दिगो विकासका लागि विशेष पहल गरेका छौँ । दावाँस्थित कृष्णलक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो ।’

आवासीय प्रशिक्षण केन्द्र सञ्चालनका लागि राष्ट्रिय भलिबल सङ्घले एक जना योग्य प्रशिक्षकको व्यवस्था गर्ने जनाएको छ । यस केन्द्रमार्फत स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

खेल क्षेत्रको विकासका लागि आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ कम्प्लेक्स निर्माण गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

यसैबीच, नेपालक भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले भौतिक अवस्था, सम्भाव्यता तथा आवश्यक सुधारका विषयमा चासो व्यक्त गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताए ।

स्थानीय सरकारको सक्रिय भूमिका र राज्यको निरन्तर सहयोगबिना यस्तो महत्त्वपूर्ण संरचना दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन हुने उनको धारणा छ ।

भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले संरचनालाई पूर्ण रूपमा सम्पन्न गर्न सके यहाँ भलिबलसहित अन्य ‘इन्डोर्स’ खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताए । पहाडी क्षेत्रमा निर्माण भएको यस्ता संरचनामा प्रशिक्षण लिएका खेलाडीले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने उनको भनाइ छ ।

प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुनुका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्दै तथा राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा भोजपुरको योगदान बढ्ने स्थानीयवासी उत्तम खड्काले बताए ।

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको खेल संरचनालाई पुनः जीवन दिने कार्यले भोजपुरको खेलकुद विकासमा नयाँ आशा जगाएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ५५ बजे

उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रको विरोध

काठमाडौं– उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 

काठमाडौं– काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

गण्डकी– कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा

कार्टुन

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको