सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या « Khabarhub

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।
सिरहाको सुखिपुर गाउँपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए ।

बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । एक गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मंगलवा पुर्याइएको थियो । चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।

प्रहरीले घटनाबारे अनसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : २६ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण