भारतीय चिकित्सा उपकरण उद्योगमा तीव्र वृद्धि सन् २०३० सम्म ५० अर्ब डलर पुग्ने प्रक्षेपण « Khabarhub

भारतीय चिकित्सा उपकरण उद्योगमा तीव्र वृद्धि सन् २०३० सम्म ५० अर्ब डलर पुग्ने प्रक्षेपण


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको चिकित्सा उपकरण उद्योग आगामी केही वर्षमा तीव्र गतिले विस्तार हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

रूबिक्स डेटा साइन्सेसले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा १५.२ अर्ब डलर रहेको यो बजार सन् २०३० सम्ममा ५०.१ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

हाल भारत एसियाको चौथो ठूलो बजार हो भने यो विश्वका शीर्ष २० ठूला चिकित्सा उपकरण बजारको सूचीमा पर्छ । उत्पादनमा आधारित सरकारी प्रोत्साहन योजना, मेडिकल डिभाइस पार्कको प्रवर्द्धन र मेडटेक मित्र जस्ता पहलहरूले यो वृद्धिलाई तीव्रता दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

साथै, स्वास्थ्य बिमाको पहुँच विस्तार, बढ्दो आम्दानी र स्वास्थ्य पर्यटनका कारण पनि सस्तो तथा अत्याधुनिक उपकरणहरूको माग बढ्दो छ ।

भारतले सन् २०२५ सम्म ४.१ अर्ब डलर बराबरको चिकित्सा उपकरण निर्यात गरेको छ । सरकारले आगामी वर्षहरुमा विश्व बजारमा भारतको हिस्सा १.६ प्रतिशतबाट बढाएर १२ प्रतिशत पुऱ्याउने लक्ष्य राखेको छ । भारतबाट जर्मनी, अमेरिकाजस्ता मुलुकमा यस्तो सामग्रीको निर्यात हुँदै आएको छ ।

यद्यपि, उच्च प्रविधियुक्त उपकरणहरूका लागि भारत अझै पनि ७० देखि ८० प्रतिशत आयातमा निर्भर छ। भारतले खासगरी अमेरिका र चीनबाट यस्ता सामग्री आयात गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ५ : ४९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको