महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै « Khabarhub

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो ।
 
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । 

“कार्यालयले रु तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ”, उनले भने। बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरण गर्दै आएको छ ।
 
बक्यौता असुलीका लागि टोली बनाएर काम गर्न थालिएको प्रमुख बरालले बताए। टोलीले हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ । लामो समय महसुल नतिर्ने ३०० ग्राहकबाट रु २० लाख बक्यौता उठाउन बाँकी छ । 

ती ग्राहकले विगत पाँच वर्षदेखि बक्यौता रकम बुझाएका छैनन् । तीन महिनासम्म बक्यौता नतिरेका १३ हजार २५ ग्राहकबाट रु तीन करोड ५० लाख बक्यौता उठाउन बाँकी रहेको प्रमुख बरालले बताए। 
 
बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्रचार गर्नेलगायतका काम गर्न थालिएको छ । पत्राचारपछि बक्यौता असुलको क्रम वढेको छ । बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दै आएको छ । 

अहिले चोरी नियन्त्रण भए पनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मतलगायतका कामले चुहावट भने नरोकिएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ४१ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको