इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति « Khabarhub

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग गरेर तनाव कम गर्न भूमिका खेल्न सक्ने बताएका छन् ।

बेइजिङ भ्रमणका क्रममा ट्रम्पले राष्ट्रपति सी चिनफिङ यो द्वन्द्व चाँडै अन्त्य भएको देख्न चाहेका पनि बताएका छन् । तर उनले अहिलेसम्म कुनै ठोस सम्झौताको संकेत देखिएको छैन।

ट्रम्पको चहाना इरानको तेल र ग्यासको ठूलो खरिदकर्ता भएकाले चीनले दबाब दिनुपर्ने भन्ने छ । तेहरानलाई वार्तामा फर्काउन चीनले दबाब दिएर क्षेत्रीय तनाव कम होस् भन्ने अपेक्षा उनले राखेका छन् ।

अमेरिकी प्रशासनको प्रयास इरानलाई फेरि वार्ताको टेबलमा ल्याउने र स्थिति सहज बनाउनेतर्फ केन्द्रित छ।

रिपोर्टअनुसार ट्रम्पले चीनलाई स्ट्रेट अफ हर्मुज खुला राख्ने प्रयासमा सहभागी हुन पनि आग्रह गरेका छन्। यो समुद्री मार्ग विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

तर चीनको विदेश मन्त्रालयले अमेरिकी धारणाप्रति प्रश्न उठाउँदै यो द्वन्द्व सुरु नै हुनु नपर्ने बताएको छ। बेइजिङको भनाइमा सैन्य कारबाही होइन, संवादबाट समाधान निकाल्नुपर्छ।

ट्रम्पको भनाइ : सोच मिल्दोजुल्दो छ

ट्रम्पले इरान मुद्दामा आफ्नो र सी चिनफिङको सोच धेरै हदसम्म मिल्दोजुल्दो रहेको बताएका छन्। उनका अनुसार दुवै नेता युद्ध अन्त्य गर्न र होर्मुज स्ट्रेट खुला राख्न चाहन्छन्।

बेइजिङमा भेटपछि ट्रम्पले भने, ‘हामी यो समाप्त भएको चाहन्छौं। हामी चाहँदैनौं कि इरानसँग परमाणु हतियार होस्।’

होर्मुज स्ट्रेटबारे ट्रम्पको धारणा

ट्रम्पले अमेरिका लाई होर्मुज स्ट्रेट खुला रहन प्रत्यक्ष आवश्यकता नभएको बताएका छन् । तर यसले विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पार्ने भएकाले महत्त्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार यसको बढी फाइदा चीन लगायत अन्य देशहरूलाई हुन्छ।

अमेरिकाले क्षेत्रीय रूपमा इजरायल, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत र बहराइन जस्ता देशहरूलाई सहयोग गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रूबियोले पनि इरानले होर्मुज स्ट्रेटलाई अमेरिकाविरुद्ध दबाबको हतियार बनाउन नपाउने बताएका छन्।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : ४९ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा