अर्थसंक्षेप : सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, पूर्व–पश्चिम रेलमार्गको लागत ५ खर्ब ४४ अर्बले बढ्यो र भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य « Khabarhub

अर्थसंक्षेप : सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, पूर्व–पश्चिम रेलमार्गको लागत ५ खर्ब ४४ अर्बले बढ्यो र भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो
आर्थिक वर्ष ०८१र८२ मा नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३ औँ प्रतिवेदनले बेरूजु अघिल्लो वर्षभन्दा २।९९ प्रतिशतले वृद्धि भएको देखाएको हो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालको तीनै तहको सरकार र विभिन्न समिति तथा सरकारी संस्थाहरूको बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ भएको छ ।

जसमध्ये सबैभन्दा धेरै संघीय सरकारी कार्यालयहरूको ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयको ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्ब ४ करोड ७७ लाख र विभिन्न समिति तथा संस्थाहरूको १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

महालेखाको प्रतिवेदनले गत वर्षको कुल बेरुजुमध्ये ३२ अर्ब ६४ करोड ७५ लाख असुल गर्नुपर्ने र ५० अर्ब २६ करोड ८८ लाख रुपैयाँ नियमित गर्नुपर्ने देखाएको छ । महालेखाले औँल्याएको बेरुजुमा पेश्की रकम शमावेश नगरेको जनाएको छ ।

यो वर्षमा महालेखाले ५ हजार ५२६ वटा निकाय, संगठित संस्था, समिति र अन्य संस्था समेतको ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाखको लेखापरीक्षण गरेको जनाएको छ ।

महालेखाले लेखापरीक्षण अंकको तुलनामा संघी मन्त्रालयमध्ये वन तथा वातावरण मन्त्रालयको वेरुजु सबैभन्दा धेरै १३।९६ प्रतिशत रहेको देखाएको छ ।

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत करिब ५ खर्ब ४४ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०६५-०६६ मा सुरु गरिएको उक्त आयोजनाको प्रारम्भिक लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । तर निर्माणमा भएको ढिलाइ, भूमि अधिग्रहण समस्या र अन्य अवरोधका कारण लागत उल्लेख्य रूपमा बढेको देखिएको छ ।

पूर्वमा काकडभिट्टादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म फैलिने उक्त रेलमार्ग ९२४।९४ किलोमिटर लामो हुनेछ । लिक मार्गसहित यसको कुल लम्बाइ १ हजार ३ किलोमिटर रहनेछ । यो आयोजना विद्युतीय रेलमार्गको रूपमा निर्माण गर्ने योजना रहेको छ ।

सरकारले यो आयोजना आर्थिक वर्ष २०८६र०८७ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि हालसम्म प्रगति अत्यन्तै सुस्त देखिएको छ । अहिलेसम्म केवल ६५ किलोमिटर क्षेत्रमा मात्र ट्र्याकबेड निर्माण सम्पन्न भएको छ भने १६ वटा पुल मात्र तयार भएका छन् ।

काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित
लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनको भनाइ छ । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उनको छ ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे। समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उहाँले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गरेका छन् ।
पाथीभराको महिनाको भेटी एक करोड छ लाख

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य
भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको छ। नयाँ मूल्य शुक्रबारदेखि नै लागू भएको हो।

अब राजधानी सहर दिल्लीमा पेट्रोल प्रतिलिटर ९७।७७ रुपैयाँ र डिजेल ९०।६७ रूपैयाँ पुगेको छ। करिब दुई वर्षपछि इन्धनको मूल्य बढाइएको हो।

यद्यपि, मूल्य वृद्धि भए पनि तेल कम्पनीहरूलाई पेट्रोल र डिजेलमा अझै प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घाटा भइरहेको बताइएको छ।

पेट्रोल र डिजेलसँगै प्रमुख सहरहरूमा सीएनजीको मूल्य पनि प्रतिकिलो २ रुपैयाँसम्म बढाइएको छ। दिल्लीमा अब एक किलो सीएनजीका लागि ७९।०९ रुपैयाँ तिर्नुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

टाटामोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आजदेखि





प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ०७ बजे

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

आईपीएल : लखनउविरुद्ध चेन्नईको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आज लखनउ सुपर जायन्ट्स