राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग « Khabarhub

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बैठकमा सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिकिँदासमेत खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण हुन नसकेको बताए। उनले चाडपर्वका बेला उपभोक्ताले थप समस्या भोग्न नपर्ने गरी आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

बैठकमा सदस्य विष्णुबहादुर विश्वकर्माले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन लागेका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको पर्याप्त अध्ययन नगरी नदी किनारमा ठूला बस्ती विकास गर्दा विपद्को जोखिम बढेको बताउँदै नदी किनारका बस्ती तथा पूर्वाधार निर्माणसम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने धारणा राखे।

त्यस्तै, सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको जेन-जी आन्दोलनले उठाएका मुद्दालाई सरकारले सम्बोधन गर्दै कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत वितरणमा विभेद भएको गुनासो आएको बताउँदै प्रभावित सबैलाई समान र निष्पक्ष रूपमा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य धर्मेन्द्र पासवानले शिक्षा क्षेत्र सुधारका लागि सरकारले स्पष्ट र ठोस नीति ल्याउनुपर्ने माग गरे। त्यस्तै, सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहारमा परिवर्तन भएको अनुभूति गर्न चाहेको उल्लेख गर्दै सरकार त्यसअनुसार प्रस्तुत हुनुपर्ने बताए।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ४ : ४८ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख