चिप अभावले इलेक्ट्रोनिक्स उद्योगमा संकट : एसएमआईसी « Khabarhub

चिप अभावले इलेक्ट्रोनिक्स उद्योगमा संकट : एसएमआईसी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको सबैभन्दा ठूलो चिप निर्माता कम्पनीले इलेक्ट्रोनिक्स उद्योग हाल संकटग्रस्त अवस्थामा रहेको चेतावनी दिएको छ । सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेसन एसएमआईसीले मेमोरी चिपको चरम अभावका कारण विश्वभरका उपकरण निर्माताहरु चिन्तित रहेको जनाएको हो ।

कम्पनीका सह प्रमुख कार्यकारी अधिकारी झाओ हाइजुनका अनुसार अभावको समयमा ग्राहकहरूले आवश्यकताभन्दा बढी सामान अर्डर गर्ने प्रवृत्ति देखिन्छ । उनले यसलाई उनले विमानको टिकटसँग तुलना गरेका छन् ।

उनका अनुसार यदि एउटा एयरलाइन्समा टिकट छैन भने यात्रु अरु धेरै काउन्टरमा पुग्छन्, जसले गर्दा बजारमा वास्तविक मागभन्दा धेरै गुणा बढी अर्डर देखिन सक्छ । अहिले खासगरी मेमोरी र पावर चिपहरूको चरम अभाव छ ।

यसको मारमा मध्यम र सस्तो मूल्यका मोबाइल फोन निर्माताहरू बढी परेका छन् । तर, चीनभित्र विदेशीभन्दा स्वदेशी चिप प्रयोग गर्ने लहर चलेकाले कम्पनीलाई फाइदा पुगेको निक्के एशियाले जनाएको छ ।

अटोमोबाइल क्षेत्रमा स्वदेशी चिपको प्रयोग बढ्दा कम्पनीको राजस्वमा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सन् २०२६ मा पनि यो क्रम जारी रहने प्रक्षेपण गरिएको छ ।

यद्यपि मेमोरी चिपको अभावलाई लिएर धेरै निराश नहुन कम्पनीले इलेक्ट्रोनिक्स उत्पादकहरूलाई आग्रह गरिरहेको छ । साथै, आफ्ना उपकरण निर्माणका लागि आवश्यक अन्य चिपहरूको अर्डर नघटाउन पनि कम्पनीको आग्रह छ ।

चिप संकटका बावजुद कम्पनीले सन् २०२५ मा ९.३२ अर्ब डलरको कीर्तिमानी आम्दानी गरेको छ । सो अवधिमा कम्पनीको नाफा ३८.९ प्रतिशतले बढेर ६८ करोड ५० लाख डलर पुगेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : ३८ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका