सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी « Khabarhub

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

फकल्यान्ड, ‘जनावर’, अर्जेन्टिनी सैनिकको बलिदान र बेकहमको खलनायकीकरण


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु केबल खेलको प्राविधिक पक्ष हो, तर मैदानमा खेलबाहिरको दुश्मनी पनि देखिनुलाई कसरी लिने ?

हुन त अर्जेन्टिना र इङल्यान्ड मात्रै पहिला र एक्ला टोली होइनन्, जसले मैदानमै राजनीतिक इगोसहित दुश्मनी नै देखाए ।

विश्वकपको सेमिफाइनल आफैँमा विशेष खेल हो । अझ उक्त खेल जिते इङ्ल्यान्डलाई ६० वर्षपछि उपाधिका लागि भिड्ने अवसर आउने थियो । उता अर्जेन्टिना उपाधि रक्षाको दौडमै थियो । तर सेमिफाइनलको नतिजा सबिक विजेताकै पक्षमा गयो ।

यति विशेष खेल हुँदा पनि यी दुईबीचको दुश्मनीले चर्चा पयो । मैदानमा इतिहास, खेल र राजनीतिक दुश्मनी विष्फोट भएको प्रष्ट देखियो ।

२६ फाउल, चार एलो कार्ड र खेलाडीबीचको भनाभनले यी दुई देशको दुश्मनी चित्रित गरेको थियो । रेफ्रीले अन्तिम सिठ्ठी बजाएपछि खेलाडीहरू खेल अनुशासनको धज्जी उडाउँदै धकेलाधकेलमा उत्रिए।

मैदानमा यो अप्रिय घटना अनुमान बाहिरको विषय थिएन ।

खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी र इङ्गल्याण्डका म्यानेजर थोमस टुचेलले माहोल शान्त राख्ने प्रयास गरेका थिए । दुवैले मैदानमा केवल खेल मात्र हुने र पुरानो दुश्मनी वा राजनीतिक इतिहासको असर नदेखिने बताएका थिए । तर खेल सुरु हुनेबित्तिकै खेलाडीहरूको रूपले भने दुश्नमीको बयान गर्न थाल्यो ।

फाइललमा पुगेको खुसीयाली मनाइरहेका बेला इङल्यान्डका स्टर खेलाडी जुड बेलिङ्घमले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोलाई हात लगाए । त्यसपछि, अरू अर्जेन्टिनी खेलाडीले बेलिङघलाई धकेलाधकेल गरेका थिए ।

अझ मैदानमा राजनीति त अर्जेन्टिनाकै खेलाडीले स्पष्ट भित्र्याए । जितपछि उनीहरूले ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ ल‍ेखिएको ब्यानर विश्वलाई देखाइदिए । ब्यानरमा लेखिएको थियो, ’लास माल्भिनास सोन अर्जेन्टिनास ।’ अर्जेन्टिनाले फकल्यान्ड टापुलाई माल्भिनास भन्छन् ।

अर्जेन्टिनाले विजयी गोल गरेपछि बार्कोले इङल्यान्डको बेञ्च अगाडि दौडिएर जिस्क्याउँदै खुसीयाली मनाएका थिए । त्यसैको बदलाका लिन बेलिङघम भौतिक रुपमा उत्रिएको विदेशी मिडियाहरूले दाबी गरेका छन् । तथापि उनीहरूको विश्लेषण छ, ‘यो घटना विश्वकप खेल अनुशासनको खराब उदाहरण हो ।’

कति धेरै फाउल ?

यी दुवै टोली सुरुवातदेखि नै फिजिकल भएर खेल्न लागे । जसले उनीहरूले समिफाइनललाई गम्भीररुपमा लिएको महसुस हुन्थ्यो ।

हरेक ट्याकलमा आक्रामकता र हरेक भिडन्तमा तनाव स्पष्ट देखिन्थ्यो । तर, दबाब भनिरहँदा खेलको नियम जोडपूर्वक आकर्षित हुन थाले । खेल १० मिनेटमा पुग्दा दुई टोलीले ८ फाउल गरे ।

खेलको अन्त्यसम्म कुल २६ फाउल भए । विश्वकपकै सबैभन्दा बढी फिजिकल खेलहरूमध्ये एक बन्न गयो । खेलमा जम्मा चार वटा कार्ड देखाइयो । जसमा अर्जेन्टिनाले ३ र इङल्यान्डले १ वटा पायो ।

खेलको पहिलो ठूलो विवाद तब भयो, जब अर्जेन्टिनाका एन्जो फर्नान्डेज र इङल्यान्डका इलियट एण्डरसनबीच जोडले ठोक्किए । दुईजना बीचको भनाभनमा दुवै टोली सहभागी भए केही बेरका लागि माहोल खराब बन्यो र रेफ्रीले साम्य पारे ।

बेलिङ्घमको रिस चर्चाको केन्द्र

इङल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घम खेल अवधिभर सबैभन्दा बढी आक्रामक देखिए। उनले धेरै पटक रेफ्रीसँग बहस गरे, उता अर्जेन्टिनी खेलाडीहरूसँग विवाद गरे ।

खेलका दौरान उनको लियोनेल मेस्सीसहित धेरै अर्जेन्टिनी खेलाडीहरूसँग भनाभन भयो । विपक्षी टिमसँगको टोलीको भनाभन हुँदा उनी हाबी बन्न पुगिहाल्थे ।

पुरानो दुश्मनी

इङल्यान्ड र अर्जेन्टिनाको फुटबल दुश्मनी सुरू भएको ६० वर्ष भएको छ । उनीहरूको दुश्मनी त्यही विश्वकपबाट सुरू भएको हो जुन बेला इङल्यान्डले ट्रफी उचाल्यो ।

क्वाटरफाइलनमा यो टोलीले एन्टोनियो राटिनको कप्तानीमा रहेको अर्जेन्टिनालाई १-० हरायो । यस खेलमा मिडफिल्डरसमेत रहेका राटिनले रेड कार्ड पाएका थिए । कार्ड पाएर मैदानबाहिर निस्कन नमानेपछि उनलाई प्रहरी बल प्रयोग गरिएको थियो ।

खेलपछि इङलिस म्यानेजर अल्फ राम्सेले अर्जेन्टिनी खेलाडीहरूलाई ‘जनावर’ भनेका थिए । यो अपमान अहिलेसम्म अर्जेन्टिनीहरूले भुल्न सकेका छैनन् । सायदै भुल्छन् ।

अर्जेन्टिनाले आफ्नो दाबी गरेको फकल्यान्डको टापु बेलायतले सौन्य शक्ति प्रयोग गरेर लियो । यो युद्धका कारण यी दुई देशको सम्बन्ध चिसियो ।

यस युद्धको चार वर्षपछि सन् १९८६ मा इङल्यान्ड र अर्जेन्टिना फेरि विश्पकप मैदानमा भेट भए । अर्जेन्टिनाको डिएगो म्याराडोनाले यही दुई गोल गरे । उनको विवादित ‘हाते गोल’ यही खेलको हो ।

म्याराडोनाले यस खेलबारे आफ्नो जीवनीमा भनेका छन्, ‘उक्त खेल फुटबल मात्र थिएन, त्यो फकल्यान्ड युद्धमा मारिएका अर्जेन्टिनी सैनिकहरूको बदला जस्तै थियो ।’

१९९८ को विश्वकपमा इङल्यान्डका डेभिड बेकहमले रातो कार्ड पाएका थिए । अर्जेन्टिनाका डिएगो सिमोनीलाई लात हानेको भन्दै बेकहमलाई रातो कार्ड दिइयो ।

उक्त खेल पेनाल्टी सुटआउटमा पराजित भयो । बेकहम इङल्यान्डमा भिलेन बने । पुरानो बदालाको अवसर गुमेकाले यो खेल बढी हाइलाइट भयो । दुश्मनी झन् बल्झियो ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ६ : ५९ बजे

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन