भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय « Khabarhub

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ ।

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।

सन् १९६० को दशकमा सुरु भएको लगभग छ दशक लामो माओवादी विद्रोहमा १२ हजारभन्दा बढी मानिस मारिएका थिए भने यस घटनालाई एकजना पूर्वप्रधानमन्त्रीले भारतले सामना गरेको सबैभन्दा ठुलो आन्तरिक सुरक्षा खतराका रूपमा वर्णन गरेका थिए ।

‘रेड कोरिडोर’मा निरन्तर सैन्य आक्रमण पछि विद्रोहलाई प्रभावकारी रूपमा पराजित गरिएको छ, जहाँ छापामारले सरकारलाई प्रतिस्थापन प्रयास गरेर आफ्नै समानान्तर प्रशासन स्थापना गरेका थिए । 
    
सन् २०१३ मे महिनामा भारतको मध्यराज्य छत्तीसगढको दुर्गम वन क्षेत्रमा स्थलगत रूपमा बन्दुक आक्रमण हुँदा काङ्ग्रेस पार्टीको शीर्ष राज्य नेतृत्वलाई समाप्त गरिदिएको थियो । 

आक्रमणकारीले विस्फोटक उपकरण विस्फोट गरी अन्धाधुन्ध गोलीबारी गरेको र मानिसको समुहमा ग्रेनेड फ्याकेर आक्रमण गरेको एनआइएले समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीले आफ्नो अनुसन्धानले १० जना माओवादी कार्यकर्ता वरिष्ठ कङ्ग्रेस नेता र सुरक्षाकर्मीमाथि आक्रमण र हत्या गर्ने आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि भएको बताएको छ ।

भारतमा यसअघि मृत्युदण्डको सजाएअनुसार सन् २०२० मार्चमा सन् २०१२ मा दिल्ली बसमा एक महिलाको सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई फाँसी दिइएको थियो जसले देशव्यापी विरोधलाई भड्काएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : १६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ