सन् २०२७ सम्ममा जापानलाई पछि पार्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने « Khabarhub

सन् २०२७ सम्ममा जापानलाई पछि पार्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपण अनुसार भारत सन् २०२७ सम्ममा जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ । बिहीबार सार्वजनिक एसिया-प्रशान्त क्षेत्रीय आर्थिक परिदृश्य प्रतिवेदनमा दुई एसियाली मुलुकको भिन्न आर्थिक गतिशीलतालाई स्पष्ट पारिएको छ ।

यस वर्ष जापान नाममात्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा चौथो स्थानमै रहने भए पनि सन् २०२७ मा भारतले ४.५२ ट्रिलियन अमेरिकी डलरको जीडीपीसहित उक्त स्थान लिनेछ । सोही वर्ष जापान भने भारत र संयुक्त अधिराज्य (यूके) भन्दा पछाडि पर्दै छैटौँ स्थानमा झर्ने अनुमान गरिएको छ ।

वैश्विक आर्थिक सुस्तताका बाबजुद भारतले हालैका वर्षहरूमा बलियो वृद्धिदर कायम राखेको छ। आईएमएफले यसै साता भारतको सन् २०२६ को आर्थिक वृद्धिदर ७.० प्रतिशत पुग्ने अनुमानलाई बढाएको छ। अर्कोतर्फ, जापान भने वृद्ध जनसंख्या र अन्य संरचनात्मक समस्याहरूका कारण आर्थिक शिथिलताको सामना गरिरहेको छ। हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा रहेका छन्।

आईएमएफका एसिया निर्देशक कृष्ण श्रीनिवासनका अनुसार अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण सिर्जित इन्धन मूल्य वृद्धिको असर सुरु हुनुअघि नै भारत बलियो स्थितिमा थियो। भारतको आर्थिक आधार स्तम्भ निकै सुदृढ रहेको, वित्तीय अनुशासन कायम राखिएको र पर्याप्त वैदेशिक मुद्रा सञ्चिति भएकाले यस धक्काको सामना उसले सफलतापूर्वक गरिरहेको छ।

यसको विपरीत, सन् २०२६ मा जापानको आर्थिक वृद्धिदर घटेर ०.७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। इन्धनको मूल्य वृद्धि र बढ्दो मुद्रास्फीतिका कारण जापान नराम्ररी प्रभावित भएको छ, जसका कारण बैंक अफ जापानले ब्याजदरलाई विगत तीन दशकयताकै उच्च बिन्दुमा पुर्‍याएको छ। लामो समयदेखि मूल्य गिरावटको समस्या झेल्दै आएको जापानमा सन् २०२२ को वसन्त ऋतुदेखि उपभोक्ता मूल्य निरन्तर बढेको छ भने इरान युद्धका कारण इन्धनको भाउ थप बढेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ३ : ५८ बजे

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ