अष्ट्रेलियामा जासुसीको आरोपमा दुई चिनियाँ पक्राउ « Khabarhub

अष्ट्रेलियामा जासुसीको आरोपमा दुई चिनियाँ पक्राउ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा चीनका लागि जासुसी गरेको आरोपमा दुई जना चिनियाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय पुरुष र ३१ वर्षीया महिला रहेका छन् ।

उनीहरुले चीनका लागि स्थानीय बौद्ध धर्म मान्ने समूहको जासुसी गरेको अभियोग लगाइएको छ । उनीहरुमाथि सन् २०१८ मा जारी गरिएको कानुनअनुसार ‘जथाभावी विदेशी हस्तक्षेप’ को अभियोगमा मुद्दा दर्ता गरिएको जर्मन प्रसारक डोइच वेलेले जनाएको छ ।

अभियोग प्रमाणित भए उनीहरुलाई १५ वर्षको जेल सजाय हुनेछ । उक्त कानुनबमोजिम अभियोग चिनियाँ नागरिकविरुद्ध दर्ता गरिएको यो दोस्रो घटना हो ।

यसअघि तीन जना चिनियाँविरुद्ध यसै कानुनबमोजिम अभियोग दर्ता गरिएको थियो ।

उनीहरुले चिनियाँ सुरक्षा निकाय जनसुरक्षा ब्युरोका लागि अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको गुआन यिन चित्त बौद्ध समूहको जासुसी गरेको जनाइएको छ । चीनले गुआन यिन चित्तलाई ‘धर्मान्ध समूह’ को संज्ञा दिने गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ५८ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले