अष्ट्रेलियामा जासुसीको आरोपमा दुई चिनियाँ पक्राउ « Khabarhub

अष्ट्रेलियामा जासुसीको आरोपमा दुई चिनियाँ पक्राउ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा चीनका लागि जासुसी गरेको आरोपमा दुई जना चिनियाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय पुरुष र ३१ वर्षीया महिला रहेका छन् ।

उनीहरुले चीनका लागि स्थानीय बौद्ध धर्म मान्ने समूहको जासुसी गरेको अभियोग लगाइएको छ । उनीहरुमाथि सन् २०१८ मा जारी गरिएको कानुनअनुसार ‘जथाभावी विदेशी हस्तक्षेप’ को अभियोगमा मुद्दा दर्ता गरिएको जर्मन प्रसारक डोइच वेलेले जनाएको छ ।

अभियोग प्रमाणित भए उनीहरुलाई १५ वर्षको जेल सजाय हुनेछ । उक्त कानुनबमोजिम अभियोग चिनियाँ नागरिकविरुद्ध दर्ता गरिएको यो दोस्रो घटना हो ।

यसअघि तीन जना चिनियाँविरुद्ध यसै कानुनबमोजिम अभियोग दर्ता गरिएको थियो ।

उनीहरुले चिनियाँ सुरक्षा निकाय जनसुरक्षा ब्युरोका लागि अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको गुआन यिन चित्त बौद्ध समूहको जासुसी गरेको जनाइएको छ । चीनले गुआन यिन चित्तलाई ‘धर्मान्ध समूह’ को संज्ञा दिने गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ५८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ