भारत र न्यूजिल्याण्डबीच सैन्य साझेदारी बढ्दै « Khabarhub

भारत र न्यूजिल्याण्डबीच सैन्य साझेदारी बढ्दै


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै न्यूजिल्याण्डले भारतका लागि आवासीय रक्षा सल्लाहकार नियुक्त गरेको छ । यसलाई दुई देशबीच बढ्दै गएको सैन्य साझेदारीका रुपमा हेरिएको छ ।

शाही न्यूजिल्याण्ड नौसेनाका कोमोडोर एण्डी डाउलिङले न्यूजिल्याण्डको उच्चायुक्तको तीन वर्षे कार्यकाल गत जनवरीदेखि सम्हालेका हुन् । उनले भारतको एक्ट इष्ट नीति अन्तर्गत सैन्य सहकार्यसहित अन्य रणनीतिक साझेदारी पनि विकसित भइरहेको जानकारी दिए ।

एक्ट इष्ट नीतिअनुसार भारतीय नौसेनाले पछिल्लो समय अष्ट्रेलिया र न्यूजिल्याण्डजस्ता मुलुकसँग पनि अभ्यास गरिरहेको उनले उल्लेख गरे । उनले भारतका लागि पहिलो पूर्णकालीन आवासीय रक्षा सल्लाहकारका रुपमा भारतको सैन्य प्रणालीबारे बुझ्न र थप अवसरको पहिचान गर्न सहयोग मिल्ने अपेक्षा व्यक्त गरे ।

उनले दुई मुलुकका नौसेनाबीच हवाई कारवाही र समुद्रमा इन्धन भर्ने कार्यजस्ता धेरै समानता रहेको पनि जानकारी दिए । भारतसँग पनि न्यूजिल्याण्डजस्तै पी–८ जहाज रहेको, न्यूजिल्याण्डले प्राप्त गर्न लागेको एमएच–६० हेलिकोप्टर भारतसँग पनि रहेको र सी–१३० जे हर्कुलिस पनि भारतसँग रहेको बताए ।

दुई देशको जलशास्त्र तालिम पनि समान रहेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजिल्याण्डका समकक्षी क्रिस्टोफर लक्सनबीच भेटवार्ता भएको एक महिनापछि न्यूजिल्याण्डले आवासीय रक्षा सल्लाहकार नियुक्त गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : १० बजे

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६