‘आफ्नो फाइदाका लागि अमेरिकाले हामीलाई उपयोग गरेर ट्वाइलेट पेपर जसरी फालिदियो’ « Khabarhub

‘आफ्नो फाइदाका लागि अमेरिकाले हामीलाई उपयोग गरेर ट्वाइलेट पेपर जसरी फालिदियो’


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अमेरिकाले आफ्नो फाइदाका लागि पाकिस्तानको उपयोग गरेको र काम सकिएपछि ट्वाइलेट पेपर जस्तै फालेको बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममाउनले सन् १९७९ मा सोभियत संघको हस्तक्षेपको चर्चा गर्दै उक्त कदम अफगान सरकारको निमन्त्रणामा चालिएको बताए । तर, अमेरिकाले यसलाई सिधा आक्रमण भनेर आफ्नो तरिकाले भाष्य तयार गरेको उनको भनाइ छ ।

उनले सन् १९९९ पछि अमेरिकासँग भएको पाकिस्तानको नयाँ रणनीतिक साझेदारीमाथि प्रश्न उठाए । उनले सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकासँग उभिएको मूल्य पाकिस्तानले आज पनि चुकाइरहेको बताए ।

अफगानिस्तानमा भएकोे युद्धमा सामेल हुनु पाकिस्तानको ठूलो गल्ती रहेको भन्दै उनले आज आफ्नो देशमा भइरहेको आतंकवादी गतिविधि पनि सोही गल्तीहरूको नतिजा भएको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ३२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको