आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने « Khabarhub

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत्र ५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  

राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थीत बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो । 

प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला/क्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बङ्गलादेश र भुटानका खेलाडीहरूको समेत गरी ३०० जनाको सहभागिता रहने राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए । 

पुरुष र महिलातर्फ विभिन्न तौल समूह र स्पर्धामा हुने प्रतियोगिताका विजयी खेलाडीहरूलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । 

साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई १५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ५ हजार र बेष्ट महिला दुई पुरुष २ लाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।  

अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  २ : ५५ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक