गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ « Khabarhub

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानूनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ ।

आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए । सो अवधिमा काठमाडौँ प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ ।

युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउनेगरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको