पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त « Khabarhub

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार विसं २०८० पुस २५ गतेदेखि विसं २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको हो ।

उक्त कार्य पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा सम्पन्न गरिएको समितिले जनाएको छ । समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट (एक नम्बर) सुन प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी उत्पादन भएको छ । भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी यथाशीघ्र बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित भएको जनाउँदै उनले समितिमार्फत प्रभावकारी र व्यवस्थित प्रणाली अपनाउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको