भारत र रुसले स्टिल क्षेत्रमा सहकार्य बढाउने « Khabarhub

भारत र रुसले स्टिल क्षेत्रमा सहकार्य बढाउने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र रुसबीच स्टिल क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई देशका उच्च अधिकारीहरूबीच छलफल भएको छ । भारतीय उद्योग मन्त्रालयका अनुसार बिहीबार भारतका स्टिल सचिव र रुसका उद्योग तथा व्यापार उपमन्त्रीबीच विशेष भेटवार्ता भएको हो ।

यस राउन्ड टेबल बैठकमा दुवै देशका प्रतिनिधिहरूले स्टिल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति, प्राविधिक साझेदारी र मेसिनरी उपकरण निर्माणका विषयमा विस्तृत छलफल गरेका छन् । यसका साथै दुई राष्ट्रबीच यस क्षेत्रमा अनुसन्धानका अवसरहरू खोज्ने र आपसी सहयोगलाई थप सुदृढ बनाउनेबारे पनि सहमति भएको छ ।

भारतको उद्योग मन्त्रालयले यस भेटघाटलाई दुई देशबीचको औद्योगिक सम्बन्ध विस्तारमा एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : २१ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका