भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रियाका चान्सलर क्रिष्टियन स्टकरबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रियाका चान्सलर क्रिष्टियन स्टकरबीच भेटवार्ता


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रियाका चान्सलर क्रिष्टियन स्टकरबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै नेता सहमत भएका छन् ।

चार दशकभन्दा बढी समयपछि अस्ट्रियन नेताको यो पहिलो भारत भ्रमण हो । यस क्रममा क्रममा दुवै नेताहरूले युक्रेन र पश्चिम एसियाको द्वन्द्वप्रति चासो व्यक्त गर्दै द्वन्द्वले स्थायी समाधान नदिने बरु दिगो र सन्तुलित शान्तिका लागि कूटनीतिक पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।

भ्रमणका क्रममा आतंकवाद विरोधी अभियान, रक्षा सहयोग र उन्नत प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता र संयुक्त घोषणाहरू भएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै नवाचार, पूर्वाधार र दिगो विकासका क्षेत्रमा सहकार्य अझ प्रगाढ बनाउनेबारे छलफल भएको बताएका छन् ।

उनले व्यापार र लगानीका क्षेत्रमा नयाँ उर्जा थप्न दुवै देश प्रतिबद्ध रहेको उल्लेख गर्दै रक्षा, सेमिकन्डक्टर, भविष्यमुखी प्रविधि र स्टार्टअप जस्ता क्षेत्रहरूमा आपसी सम्बन्धको प्रचुर सम्भावना रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय परिस्थितिको अनिश्चितताप्रति संकेत गर्दै प्रधानमन्त्री मोदीले कुनै पनि विवादलाई शक्ति प्रयोग गर्नुको सट्टा शान्तिपूर्ण माध्यमबाट समाधान गरिनुपर्ने धारणा राखेका छन् ।

पश्चिम एसियाको घटनाक्रमबारे दुवै सरकारले संवाद, कूटनीति र निर्वाध सामुद्रिक आवतजावतलाई महत्त्व दिएका छन् भने युक्रेनका सन्दर्भमा संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा आधारित समाधानको समर्थन गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ३६ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा