मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित « Khabarhub

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले मैदानमा जादू गरे ।

अर्जेन्टीनाले अल्जेरियालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको पहिलो हाफमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट १७ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरको २५ यार्ड टाढाको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले नियन्त्रणमा लिन नसक्दा छातीमा लागेर फर्किएको बललाई मेसीले ७६ मिनेटमा आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिएका थिए ।

मेसीले विश्वकपमा गरेको १६ औँ गोलसँगै उनले जर्मनीका क्लोजसँगको कीर्तिमान बराबरी गरेका छन् ।

यसअघि खेलको सुरुवाती चरणमा अल्जेरियाका फारेस चेइबीले गोल गरे पनि भीएआरले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो । चेइबीको अर्को एउटा कठिन प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए ।

मेसीको कीर्तिमानी खेल र ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुआत गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : ५१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण