पाकिस्तानमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु « Khabarhub

पाकिस्तानमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान वायुसेनाको एउटा प्रशिक्षण विमान खैबर पख्तुनख्वाको मर्दान सहर नजिकै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको छ । सैन्य मिडिया शाखाका अनुसार विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला उक्त दुर्घटना भएको हो । दुर्घटनामा पाकिस्तान वायुसेनाका फ्लाइट लेफ्टिनेन्ट मुहम्मद कासिम अब्दुल्लाह र पाकिस्तान नौसेनाका लेफ्टिनेन्ट ताहा अब्बासीको निधन भएको छ ।

उक्त दुर्घटनाको कारण पत्ता लगाउन वायुसेना मुख्यालयले एउता छानबिन समिति गठन गरेको इन्टर-सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ। दुर्घटनाप्रति डिफेन्स फोर्सका प्रमुख तथा सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर, अन्य सेवा प्रमुखहरू र पाकिस्तानी सशस्त्र बलका सम्पूर्ण दर्जाहरूले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

यसैगरी राष्ट्रपति आसिफ अली जरदारीले पनि पाइलटहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले देशको रक्षाका लागि आफ्नो ज्यान आहुति दिने वीर पुत्रहरूको बलिदानलाई राष्ट्रले सधैं सम्झिरहने बताए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दारले पनि यस दुखद दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत पाइलटहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ३ : ३० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी