भारतद्वारा सेमिकन्डक्टर कार्यक्रम विस्तारका लागि लगानी अनुमोदन « Khabarhub

भारतद्वारा सेमिकन्डक्टर कार्यक्रम विस्तारका लागि लगानी अनुमोदन


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको मन्त्रिपरिषद्ले सेमिकन्डक्टर कार्यक्रमको विस्तारका लागि १ लाख २८ हजार अर्ब रुपैयाँ (करिब १३ अर्ब ३० करोड अमेरिकी डलर) को पुँजी लगानीलाई अनुमोदन गरेको छ । भारत सरकारले मुलुकलाई विश्वव्यापी इलेक्ट्रोनिक्स उत्पादनको प्रमुख केन्द्र बनाउने महत्त्वाकांक्षासहित उक्त लगानी अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले यसबारे जानकारी दिएका हुन् । सरकारद्वारा जारी विज्ञप्तिअनुसार उक्त लगानी बौद्धिक सम्पत्ति (इन्टेलेक्चुअल प्रोपर्टी) र चिप डिजाइनको विकास गर्न, थप फब्रिकेसन प्लान्ट स्थापना गर्न तथा अनुसन्धान र विकास (आरएन्डडी) लाई तीव्रता दिन प्रयोग गरिनेछ ।

भारतले विश्वव्यापी इलेक्ट्रोनिक्स हबको रूपमा स्थापित हुने आफ्नो दीर्घकालीन रणनीतिको हिस्सास्वरूप करिब पाँच वर्षअघि १० अर्ब डलरको प्रोत्साहन योजना सार्वजनिक गरेको थियो । सोही योजना अन्तर्गत हालसम्म भारतले १२ वटा उत्पादन इकाइ र २४ वटा सेमिकन्डक्टर डिजाइन परियोजनाहरूलाई स्वीकृति प्रदान गरिसकेको छ ।

यसैबीच, मन्त्रिपरिषद्ले देशमा मोबाइल फोन उत्पादनलाई अझ बढी प्रोत्साहन गर्ने उद्देश्यले आगामी पाँच वर्षका लागि ६२ हजार ५०० करोड रुपैयाँको अर्को विशेष कार्यक्रमलाई पनि स्वीकृति दिएको मन्त्री वैष्णवले जानकारी दिए ।

यस कार्यक्रमअनुसार भारतमा मोबाइल फोन उत्पादन गर्ने कम्पनीहरूलाई योग्य बिक्रीको आधारमा २.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्मको छुट दरमा प्रोत्साहन रकम प्रदान गरिनेछ । यसबाहेक, मुख्य कम्पोनेन्टहरूको घरेलु स्रोतमार्फत खरिद (डोमेस्टिक सोर्सिङ) लाई जोड्दै थप १.५ प्रतिशतसम्मको अतिरिक्त प्रोत्साहन समेत उपलब्ध गराइनेछ ।

सरकारले यो नयाँ मोबाइल उत्पादन कार्यक्रमबाट करिब ६०,००० प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ५ : २२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी