भारत र फिजीबीच कृषि क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सहमति « Khabarhub

भारत र फिजीबीच कृषि क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सहमति


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र फिजीबीच कृषि, चिनी उत्पादन, पशुधन र ग्रामिण विकासजस्ता क्षेत्रमा सहकार्य थप अभिवृद्धि गर्ने सहमति भएको छ । फिजीका कृषि तथा जलमार्गमन्त्री टोमासी टुनाबुना र भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहाणले यसबारे सहमति जनाएका हुन् ।

भारत भ्रमणमा रहेका टुनाबुनाले नयाँ दिल्लीस्थित कृषि भवनमा चौहाणसँग भेटवार्ता गरी यस्तो सहमति जनाएका हुन् । दुई देशका मन्त्रीले द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

भेटवार्ताका क्रममा मन्त्री टुनाबुनाले फिजी सरकार र फिजियन जनताको अभिवादन पेश गरेका थिए । द अस्ट्रेलिया टुडेका अनुसार फिजीले पछिल्लो समय आधुनिक, जलवायु सहनशील र प्रविधिमा आधारित कृषि उद्योगको विकास गर्ने पहल गरिरहेको छ ।

यसका लागि डिजिटल तथा स्मार्ट कृषि, ड्रोन प्रविधि, नानो मलखाद, कृषि प्रशोधन, पशुधन एवम् दूग्ध क्षेत्रको विकास, चिनी उद्योग तथा चक्रीय जैविक अर्थतन्त्रतर्फ फिजी सरकारले पहल गरिरहेको छ । यसका लागि भारतको सहयोग आवश्यक रहेको मन्त्री टुनाबुनाले जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ०१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई