बलोचिस्तानमा व्यक्ति बेपत्ता पारिने क्रम बढ्दो « Khabarhub

बलोचिस्तानमा व्यक्ति बेपत्ता पारिने क्रम बढ्दो


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा फेरि एक जना महिलालाई बेपत्ता पारिएको घटना सार्वजनिक भएको छ । बलोचिस्तानको हुब चौकी क्षेत्रबाट पाकिस्तानी सुरक्षा बलले नियन्त्रणमा लिइएकी महिला बेपत्ता पारिएकी हुन् ।

खास घर पञ्जगुर क्षेत्र रहेकी फतिमा हुबको अक्रम कोलोनीमा बसोबास गर्दै आएकी थिइन् । उनलाई अज्ञात ठाउँ लगिएको बलोचिस्तान पोस्टले जनाएको छ ।

पोस्टले परिवारलाई उद्धृत गर्दै जनाएअनुसार उनलाई नियन्त्रण गर्नुको कारण र उनलाई राखिएको स्थानबारे केही जानकारी दिइएको छैन । उनलाई बेपत्ता पारिएपछि परिवारमा गहिरो चिन्ता छाएको छ ।

हुब चौकी क्षेत्रबाट व्यक्ति बेपत्ता पारिएका घटना बढ्दै गएको छ । गत नोभेम्बर र डिसेम्बरमा पनि सो क्षेत्रबाट केही व्यक्तिलाई बेपत्ता पारिएको थियो ।

सन् २०२५ मा मात्रै बलोचिस्तानका विभिन्न क्षेत्रबाट १२ जना महिला तथा बालबालिकालाई बेपत्ता पारिएको थियो । मानव अधिकारवादी संस्थाहरुले बलोचिस्तानमा जारी व्यक्ति बेपत्ता पारिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : २३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला