युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश « Khabarhub

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसै वर्ष अबु धाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताए तर लडाइँ जारी रहेको पुष्टि पनि गरे ।

हाल दुवै सेनाले करिब एक हजार २५० किलोमिटर लामो फ्रन्टलाइनमा युद्ध जारी राखेका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले नागरिक क्षेत्रहरूमा रातभर ब्यालेस्टिक क्षेप्यास्त्र र १२६ लामो दूरीका ड्रोन प्रहार गरेको छ । दक्षिणी सहर जापोरिझियामा रुसी ड्रोन हमलामा एक महिला मारिएकी र दुई साना बच्चासहित सात जना घाइते भएका छन् ।

शान्ति सम्झौताको प्रयासका बाबजुद दुवै पक्षबीच अझै ठूलो दूरी देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धविराम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटको प्रस्ताव राखेका छन् तर मस्कोले युद्धविराम अघि विस्तृत सम्झौता चाहन्छ ।

फेब्रुअरी २४, २०२२ मा सुरु भएको आक्रमणका क्रममा पुटिनका मुख्य लक्ष्यहरू युक्रेनले नाटोमा सामेल नहुने, सेनाको आकार घटाउने र देशलाई मस्कोको प्रभावक्षेत्रमा राख्दै रूसी भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको पुटिनले बताए। जेलेन्स्कीले युक्रेनले रुसी कब्जा क्षेत्रहरू फिर्ता नगर्ने स्पष्ट संकेत दिइसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ०२ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि