प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने « Khabarhub

प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए ।

भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका हुन् । सभापति थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।

उनले भने, “कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौँमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खु्ला प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।” प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए ।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ ।

प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ३० बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह