‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो « Khabarhub

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । 

उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्राचार गरिएको छ । 

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ७३९ जना मतदाता सङ्ख्या कायम रहेको थियो । 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १२ : ४५ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६