सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान « Khabarhub

सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रिय नीति निर्माण र शासन व्यवस्थामा योगदान पुर्‍याइरहेका आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई कलेजले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा सांसद प्रकाशचन्द्र परियार, दोलखाका सांसद जगदीश खरेल, पूर्वशिक्षकसमेत रहेका सांसद निश्कल राई, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य, प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल र प्रधानमन्त्री कार्यालयका अफिसियल फोटोग्राफर विनय शाक्य छन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूले केसीसीले दिएको गुणस्तरीय शिक्षा र नेतृत्व विकासले आफूहरूको सफलतामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कलेजप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कलेजका अध्यक्ष डा. प्रह्लाद कार्की र प्रिन्सिपल राजु कट्टेलले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै केसीसीले गुणस्तरीय तथा अनुसन्धानमुखी शिक्षामा निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

केसीसीबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि दुई सेमेस्टर अध्ययन गरेका थिए। कलेजले राष्ट्र निर्माण र नीति निर्माण तहमा योगदान गर्ने नेतृत्व उत्पादन गर्दै आएको बताइएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ३७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने