पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्राचीनकालमा पुर्खाले बनाएका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । 

विश्वसम्पदा दिवसका अवसरमा प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालयले आज हाँडीगाउँ क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनले नयाँ मठमन्दिर बनाउनेभन्दा पनि पुराना सम्पदाको संरक्षण गर्नेतिर ध्यान जानुपर्ने बताए। 

प्राचीनकालमै नेपालमा धेरै सम्पदा बनिसकेकाले तिनको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ थियो ।

नयाँ मठमन्दिर बनाउनेलाई पुराना सम्पदाको महत्त्व थाहा नहुने गरेकाले त्यसकाबारेमा पनि जागरण ल्याउनुपर्ने उहाँको भनाइ थियो । भक्तपुरमा अहिले चलिरहेको बिस्केट जात्रामा युवाको सहभागिता कम देखिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले युवालाई संस्कृतिको संरक्षणमा सक्रिय गराउनु चुनौती बन्न थालेको बताए । युवाको सहभागिता नभए संस्कृति नजोगिने भएकाले यसतर्फ सरोकार भएका सबैको ध्यान जानुपर्ने भनाइ पनि मन्त्री श्रेष्ठले व्यक्त गरे।

‘नेपालमा प्रशस्तमात्रामा सांस्कृतिक र प्राकृतिक सम्पदा भए पनि त्यसका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिएको छैन, सांस्कृतिक र प्राकृतिक सम्पदा अस्तव्यस्त हुँदा पनि यसमा असर गरेको छ, सम्पदा क्षेत्रलाई चुस्त बनाएर युवा सहभागिताका माध्यमबाट पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्छ’, उनले भने।
 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र हस्तकला क्षेत्रका सम्पदा संरक्षण गरेर नेपालमा पर्यटकलाई आकर्षित गरी व्यापार व्यवसाय पनि वृद्धि गर्न सकिने विचार राखे। यसको प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा पनि उनले जोड दिए ।
 
सो अवसरमा प्रदेश संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयले गरेका संस्कृति र पर्यटनसम्बन्धी कार्यक्रमकाबारेमा प्रस्तुति गरेका थिए। संस्कृतिविद् प्रा डा सुदर्शनराज तिवारीले हाँडीगाउँ क्षेत्रका सम्पदाकाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा नेपाल सम्पदाका सङ्घका अध्यक्ष धर्मराज शाक्य, वरिष्ठ उपाध्यक्ष डा गोविन्द टण्डन, पर्यटन कार्यालय काठमाडौँका कार्यालय प्रमुख पवनकुमार पोखरेललगायतले प्राकृतिक र सांस्कृतिक पर्यटनका माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सकिने भएकाले यसतर्फ काम गरिनुपर्ने बताएका थिए ।

कार्यक्रमअघि हाँडीगाउँ क्षेत्रका सम्पदामा सांस्कृतिक झाँकी र बाजागाजासहित सम्पदा संरक्षणमा चेतना जगाउने उद्देश्यले पदयात्रा पनि गरिएको थियो । पदयात्रामा सम्पदाप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ८ : ०३ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?