पाकिस्तानको बलुचिस्तानमा पोलियो खोप अभियानमा खटिएका सुरक्षाकर्मीको हत्या « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा पोलियो खोप अभियानमा खटिएका सुरक्षाकर्मीको हत्या


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तानमा पोलियो खोप अभियानमा रहेका सुरक्षाकर्मीमाथि हमला हुँदा एक सुरक्षाकर्मीको ज्यान गएको छ । बलुचिस्तानको डेरा मुराद जमालीमा पोलियो खोप टोलीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा एक प्रहरी हवल्दारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खाजा खान घरतर्फ फर्किरहेको बेला मोटरसाइकलमा आएका आक्रमणकारीले खोप टोलीको सुरक्षामा खटिएका प्रहरीलाई निशाना बनाएका थिए। यस आक्रमणमा प्रहरी हवल्दार फरहान बशीरको घटनास्थलमै मृत्यु भएको छ।

नसीराबादका वरिष्ठ प्रहरी उपरीक्षक असद नासरका अनुसार टोलीका अन्य सदस्यहरू भने सकुशल रहेका छन्। आक्रमणकारीले ९ एमएमको पेस्तोलबाट करिब १० राउन्ड गोली चलाएका थिए।

घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। स्थानीय सुरक्षा निकायले आक्रमणकारीको खोजीका लागि त्यस क्षेत्रमा विशेष सर्च अपरेशन सुरु गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ४२ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर