पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी « Khabarhub

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए ।

उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी ६० का दरले दैनिक १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष १५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । ‘तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरु बारीमै लिन आइपुग्नुहुन्छ’, उनले भने ।

उनका अनुसार पहिलो वर्ष परीक्षणका रुपमा दुई रोपनीमा लगाएको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो । वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमा राम्रो आम्दानी लिन सकिने नगदे बाली तरबुजाखेती गरेको उनको भनाइ छ ।

किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन् । उनका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन् । उनले भने, ‘यस वर्ष तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ । बारीमा काक्रो, सिमीलगायतका तरकारी पनि उत्पादन भइरहेको छ ।’ उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बिरुवा फष्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा गत वैशाख १० गते परेको असिनासहितको पानीले केही क्षति गरेको उल्लेख गर्दै किसान पराजुलीले भने ‘अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ ।’

तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएका छन् ।

यस क्षेत्रमा अघिल्लो वर्ष एक करोड ५० लाखको तरबुजा उत्पादन भएको थियो भने यस वर्ष भने असिना र पानीको कारण क्षति पुगेकाले केही कमी आउने उनको भनाइ छ । यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय छन् ।

पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ । तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भाेलिदेखि पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गरिएको छ । मेलामा किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ का अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेलामा विभिन्न प्रतियोगिता गरिने बताउनुभयो । गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र तरबुजाको माग बढेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ९ : ४७ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले