जङ्गली भ्याकुर खाँदा एकको मृत्यु « Khabarhub

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । भने, अन्य आठ जना बिरामी परेका छन् । 

घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । 

बिरामी हुनेहरुमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीय दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीय शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीय पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहरेका छन् । बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको मानन्धरले जानकारी दिए ।

बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिए । सूचना अधिकारी अर्यालका अनुसार, बिरामीहरू चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमित जस्तै उनीहरू आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १२ : १८ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न