दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड « Khabarhub

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भएको छ । 

अन्तरराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) तथा एआइपी फाउण्डेसनको सहयोगमा ‘हेड्सअप’ अभियानअन्तर्गत हेल्मेट कानुन तथा मापदण्डसम्बन्धी आयोजित ‘पोलिसी डाइलग’ कार्यक्रममा हेल्मेट प्रयोगसम्बन्धी कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकार भएका संस्थाका प्रतिनिधि गरी करिब ६० जनाको सहभागिता थियो । नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले नासाको सडक सुरक्षासम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको ‘हेड्सअप’ अभियानबारे जानकारी गराए । 

कार्यक्रममा अर्थोपेडिक सर्जन डा सतिशप्रसाद वर्नवालले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेट प्रयोगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकार भएका निकायका प्रतिनिधिको भूमिकाबारे प्रस्तुति दिए  । 

सडक सुरक्षा विज्ञ भगवती सेडाईंले नेपालमा विद्यमान हेल्मेट कानुन, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ विश्वविद्यालयका प्राडा ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोजकुमार प्रधानलगायत सहभागीले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीति तथा प्रभावकारी कार्यान्वयनका विषयमा आ-आफ्ना धारणा राखेका थिए  ।  

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ७ : २८ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण