चिनियाँ अर्थतन्त्रको पछिल्लो तथ्यांकको सत्यतामाथि शंका « Khabarhub

चिनियाँ अर्थतन्त्रको पछिल्लो तथ्यांकको सत्यतामाथि शंका


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ अर्थतन्त्रको पछिल्लो तथ्यांकलाई लिएर विज्ञहरूले त्यसको सत्यतामाथि शंका व्यक्त गरेका छन्। कोभिड-१९ महामारीका कारण आएको ठूलो गिरावटपछि चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ले बलियो पुनरागमन गरेको सरकारी दाबी गरिएको भए पनि विश्लेषकहरूले यसमा विरोधाभास औंल्याएका छन्।

चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तेस्रो त्रैमासिकमा राष्ट्रिय जिडिपीमा ४.९ प्रतिशतले वृद्धि भएको छ। वर्षको पहिलो तीन महिनामा कोरोना संकटका कारण जिडिपी ६.८ प्रतिशतले घटेको थियो, जसको तुलनामा यो ठूलो सुधार हो ।

तर, सेप्टेम्बर महिनामा वार्षिक आधारमा युवा बेरोजगारी चार प्रतिशतले बढेको, सन् २०२० को पहिलो तीन त्रैमासिकमा उपभोक्ता खर्च ६.६ प्रतिशतले खुम्चिएको र देशका प्रमुख क्षेत्रहरूको मुनाफामा गिरावट आएको जस्ता तथ्यांकले विज्ञहरूलाई अन्योलमा पारेको छ।

तथ्यांक ब्युरोका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म वार्षिक आम्दानी दुई करोड युआनभन्दा बढी भएका चिनियाँ कम्पनीहरूको मुनाफामा २.४ प्रतिशतले कमी आएको छ। यसमध्ये सरकारी क्षेत्रका कम्पनीहरूले १४.३ प्रतिशतको सबैभन्दा ठूलो घाटा व्यहोरेका छन् भने निजी क्षेत्रका कम्पनीहरूको घाटा ०.५ प्रतिशतमा सीमित रहेको छ।

सरकारी तथ्यांकमा देखिएका यस्ता विरोधाभासपूर्ण अंकहरू विशेषगरी भवन, राजमार्ग र मेसिनरी जस्ता स्थिर सम्पत्तिमाथिको लगानीमा बढी केन्द्रित छन्। पहिलो नौ महिनामा यस्तो लगानी ४३ खर्ब ७० अर्ब युआन पुग्दै ०.८ प्रतिशतले बढेको र यस वर्ष पहिलोपटक सकारात्मक वृद्धि हासिल भएको दाबी गरिएको छ।

तर, गत वर्ष सोही अवधिमा यो लगानी ४६ खर्ब युआन रहेको थियो। तथ्यांक ब्युरोले भने गत नोभेम्बरको आर्थिक सर्वेक्षणपछि सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्मको स्थिर लगानीको आँकडा संशोधन गरिएको तर त्यसबेला सार्वजनिक नगरिएको स्पष्टीकरण दिएको छ।

न्युयोर्कस्थित चाइना बेज बुकका प्रमुख अर्थशास्त्री डेरेक सिजर्सले स्थिर लगानी र खुद्रा बिक्री दुवै घटेको अवस्थामा चीनको तेस्रो त्रैमासिकको जिडिपी ५ प्रतिशतले वृद्धि भएको नभई करिब ५ प्रतिशतले नै घटेको हुनुपर्ने बताएका छन्। सरकारी तथ्यांक र यथार्थबीचको यो दूरीले चिनियाँ अर्थतन्त्रको वास्तविक अवस्थाप्रतिको शंकालाई थप बल पुर्‍याएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ०१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको