आजका समाचार : आफू र पार्टी हारेसँगै गगनले छाडे सभापति, सांसदहरूको सपथ चैत १२ मा, रविको मुद्दा अल्झियो र इरानलाई ट्रम्पको अर्को चेतावनी « Khabarhub

आजका समाचार : आफू र पार्टी हारेसँगै गगनले छाडे सभापति, सांसदहरूको सपथ चैत १२ मा, रविको मुद्दा अल्झियो र इरानलाई ट्रम्पको अर्को चेतावनी


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा को राजीनामा अस्वीकृत गरिने बताएका छन्।सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका हुन्।

शर्माले पार्टीको पराजयप्रति ‘नैतिक जिम्मेवारी लिन्छु’ भन्ने सभापति थापाको धारणा सकारात्मक भए पनि अहिलेको प्रमुख दायित्व वर्तमान अवस्थालाई सम्हाल्नु रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ।’

यसका साथै उनले डढेलो नियन्त्रण गर्न खटिएको व्यक्तिलाई नै दोष दिनु न्यायसंगत नहुने टिप्पणी पनि गरेका छन्।

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

सभापतिको राजीनामाबारे केन्द्रीय समिति बैठकले निर्णय गर्छ : प्रवक्ता चालिसे

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति
गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ गत शनिबार जलाइएकोबारे छानबिन गर्न समिति बनाएको छ ।

मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सरसफाइका नाममा चिनियाँ राष्ट्रपति सीले लेखेका पुस्तक जलाइएको थियो । केही युट्युबर र पत्रकारसमेत बोलाएर ती पुस्तक जलाइएको भिडियोसमेत कैद गरेर सामाजिक सञ्जालमा हालिएको थियो ।

उक्त पुस्तकका प्रति जलाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा हालिएपछि चिनियाँ दूतावासले सरकारसँग गम्भीर चासो राखेको छ। दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण नै पठाएको छ।

गृहले मोरङका सहायक प्रुमख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको गत माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयबाट पेश नभएको भन्दै उक्त कागजात झिकाउन निर्देशन दिएको छ।

यसकाा साथै उक्त टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत झिकाई यसअघि गत माघ २७ गते भएको आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन भनिएको छ। इजलासले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरू समेत सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रतिकूल मौसमका कारण जनधनको क्षति हुन सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी आवश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चलेका बेला घरभित्र सुरक्षित बस्न तथा झ्यालढोका राम्रोसँग बन्द गर्न सुझाव दिइएको छ।

त्यसैगरी, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेका भए सुरक्षित स्थानमा रोकेर बस्न र भिडभाड भएको स्थानमा नआत्तिई संयमित रूपमा सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरिएको छ।

प्राधिकरणले हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न विशेष आग्रह गरेको छ। साथै, बिजुलीको तार लत्रिएको अवस्थामा नछुन, विद्युतीय उपकरण प्रयोग नगर्न तथा जोखिमयुक्त स्थानबाट टाढा रहन पनि अनुरोध गरिएको छ।

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिशोध स्वरूप इरानले कतारको औद्योगिक क्षेत्रमा प्रहार गरेपछि ट्रम्पको यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक लामो सन्देश लेख्दै ट्रम्पले इजरायलले गरेको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

इरानले कतारको ‘रास लाफान’ क्षेत्रमा गरेको आक्रमणलाई ‘अन्यायपूर्ण’ संज्ञा दिँदै उनले आगामी दिनमा कतारमाथि पुनः आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन् ।

‘रास लाफान’ विश्वकै ठुलो तरल प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको औद्योगिक क्षेत्र हो ।

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु






















प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ७ : ५६ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा