सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव « Khabarhub

सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् । शनिबार गृहमन्त्री गुरुङले सांसदसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ ।

गृहमन्त्री र मधेश तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल भएको हो । गृह मन्त्रालयमा भएको छलफलमा सांसदले सीमा क्षेत्रको सुरक्षा र भन्सार प्रणालीमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सांसदहरूले सीमामा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न विद्यमान भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन र प्रभावकारी निगरानी संयन्त्र विकास गर्न सुझाव दिएका छन् ।

खासगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिनुपर्ने र त्यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग उनीहरूले राखेका छन् ।

यस्तै, किसानका लागि आवश्यक पर्ने कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रियालाई सरलीकृत गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

छलफलका क्रममा उठेका सुझावमध्ये गृह मन्त्रालयसँग सम्बन्धित विषय तत्काल कार्यान्वयनमा लैजाने र अर्थ मन्त्रालयसँग जोडिएका सवालमा समन्वयमार्फत समाधान खोजिने गृहमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

बैठकमा दुई प्रदेशका प्रतिनिधिसभा सदस्यको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : ३३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने