पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आइतबार एक सूचना जारी गर्दै ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह पोखरा जान लागेको जानकारी दिएका हुन्।

संवाद सचिवालयका अनुसार भ्रमणका क्रममा पूर्वराजा दम्पती पोखरामा केही दिन रहनेछन्। त्यहाँ रहँदा उनले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै आफ्ना शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

व्यक्तिगत भ्रमणको सिलसिला भनिए पनि पछिल्लो समय पूर्वराजाको जिल्ला भ्रमण र त्यहाँ हुने नागरिक अभिनन्दनलाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको छ। आइतबार जारी सूचनामा ‘सवारी होइबक्सँदैछ’ भन्ने शाही लवजको प्रयोग गरिएको छ भने भ्रमणको मिति आइतबार उल्लेख छ।

पूर्वराजा शाहको पोखरा बसाइका क्रममा हुने अन्य कार्यक्रमबारे भने सचिवालयले केही खुलाएको छैन।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ५७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण