विषादीरहित तरकारी उत्पादनमा किसान « Khabarhub

विषादीरहित तरकारी उत्पादनमा किसान


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् । 

विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् । 

टीकापुर- १ को वनगाउँ  र शङ्करपुर, वडा नं २ को राजीपुर र सीतापुर, वडा नं ३ को घीया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् । 

टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए। 

‘माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ’, उनले भने, ‘हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।’

किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन् । 

यतिबेला यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायतको तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए । 

टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ । यसरी अर्गानिक खेती गरे पनि बजार मूल्य अन्य तरकारी सरह हुँदा आफूहरू मर्कामा परेको किसानको गुनासो छ । किसान रुविना चौधरीले विषादीरहित र अर्गानिक तरकारीको मूल्य फरक हुनुपर्ने बताए। 

‘हामीले मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्ने गरी उत्पादन गरिरहेका छौँ, तर बजार मूल्य भने अन्य तरकारीजस्तै छ’, उनी भन्छन्, “यसले हामी मारमा परिरहेका छौँ । अब सबैले हाम्रो मेहनत बुझ्नुपर्छ, विषादी नहालेको तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न उपभोक्ता र सरकार पनि गम्भीर बन्नुपर्छ ।’ 

किसानको जीविकोपार्जनमा सुधार र उपभोक्ताका स्वास्थ्य लाभका लागि प्राकृतिक तरकारीखेतीमा लाग्न सेवक नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । यसमा टीकापुर नगरपालिकाको पनि सहकार्य छ । 

सेवक नेपालका परियोजना अधिकृत प्रेम चौधरीले संस्थाले समूहमा आबद्ध एक सय ४० जना किसानलाई प्राकृतिक खेतीका लागि बीउबिजन, प्रविधि र अन्य प्राविधिक सहयोग गरिरहेको बताए। 

किसानलाई विषादी र रासायनिक मल प्रयोग गर्न नदिन सचेत गराउनुका साथै विकल्पका रूपमा स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी झोल मल बनाउन सिकाइएको उनले जानकारी दिए ।  
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १२ : ३५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने