कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो « Khabarhub

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता भएका बुबाछोराको शव फेला परेको छ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय पहलसिंह बूढा र उनका १३ वर्षीय छोरा नरी बूढा रहेका छन्। दुवैजना वैशाख ३ गते डुङ्गा पल्टिँदा नदीमा बेपत्ता भएका थिए।

उनीहरू कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्कने क्रममा डुङ्गा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनीहरूको खोजीकार्य जारी राखिएको थियो।

सुर्खेतबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ सदस्यीय गोताखोर टोली र नं. ४९ गुल्म हेडक्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले घटनास्थलदेखि करिब ५०० मिटर टाढा पानीमुनिबाट शव निकालेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुवै शव फेला पारेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : २० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने