हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग « Khabarhub

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिरहा– शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ । 

हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो । स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायतका आवश्यक सामग्री वितरण गरे। 

सो अवसरमा नगरप्रमुख चौधरीले पीडितको तत्काल बसोबासको व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिएको बताए। 

‘हावाहुरीबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासका लागि त्रिपाल उपलब्ध गराएका छौँ,’ उनले भने, ‘अब एक हप्ताभित्रै जस्तापाता उपलब्ध गराएर दीर्घकालीन बसोबासको व्यवस्था गर्छौँ ।’

नगरप्रमुख चौधरीले भूमिहीन तथा सुकुम्वासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिइन् । 

‘हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,’ उनले भने। उक्त बस्तीमा ४२ परिवार बसोबास गर्दै आएका छन् । 

यसैबीच, हावाहुरीकै कारण लहान-२४ मा सात घर र लहान-१९ मा एक घरमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ३० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने