अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब « Khabarhub

अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।

मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।

हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ। यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज बनाउने तथा आर्थिक योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार अर्धमासिक भुक्तानी प्रणालीले कर्मचारीहरूलाई नियमित रूपमा आम्दानी प्राप्त हुने भएकाले दैनिक खर्च व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नेछ। साथै, बैंकिङ प्रणालीसँगको समन्वयमार्फत भुक्तानी प्रक्रिया अझ व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ५९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने