शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक « Khabarhub

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. पुरुषोत्तम दाहाल, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले पछिल्लो दशकमा सबैभन्दा अधिक लघुकथा लेखिँदै आइएको बताउँदै हरेक मान्छेसँग कथा हुने, तर उसले त्यसलाई कसरी प्रस्तुत गर्छ भन्ने विषय महत्त्वपूर्ण भएको उल्लेख गरे ।

मल्लले भने, “सौन्दर्यबोध गरेर कथा सिर्जना गर्न सके त्यो शक्तिशाली र सुन्दर बन्न सक्छ ।”

समाजका संस्थापक अध्यक्ष ‘रोदन’ले कथाकार अधिकारीमा दूरदृष्टिचेत बेजोडको रहेको बताए ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै अनुपमा रेग्मीले शोभाका लघुकथाहरू चोटिला रहेको बताइन् । अर्का समीक्षक सुमन वर्षाले नेपाली समाजलाई केन्द्रबिन्दु बनाएर लेखिएका लघुकथाहरूमा माया, प्रेम, हार्दिकता, सद्भाव अभिव्यक्त भएको बताइन् ।

कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार प्रा. दाहाल, शिक्षक विमला नेपाल, कवि ठाकुर बेलवासे, तुलसीहरि कोइराला र कृतिकार अधिकारीले आफ्ना धारणा राखे ।

कार्यक्रममा सार्वजनिक कृतिबाट भूपी ऐरले लघुकथा वाचन गरिन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ४० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने