बंगलादेशमा अल्पसङ्ख्यकमाथि जारी दमनप्रति मानव अधिकारवादी संस्था चिन्तित « Khabarhub

बंगलादेशमा अल्पसङ्ख्यकमाथि जारी दमनप्रति मानव अधिकारवादी संस्था चिन्तित


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेका साम्प्रदायिक हिंसा, असुली धन्दा र मन्दिर भत्काउने धम्कीका घटनाप्रति मानव अधिकारवादी संस्थाले गम्भीर चिन्ता व्यक्त गरेको छ । धार्मिक भेदभावविरुद्ध क्रियाशील संस्था बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन युनिटी काउन्सिलले गाईबान्धा जिल्लामा रहेको राधा-गोविन्द मन्दिर भत्काउन एक समूहले लगातार दिइरहेको धम्कीको कडा शब्दमा निन्दा गरेको हो । संस्थाले यस्ता घटनाले मुलुकको साम्प्रदायिक सद्भावमा गम्भीर असर पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।

ढाकामा बसेको काउन्सिलको केन्द्रीय समितिको बैठकले बंगलादेश सरकारलाई यस्ता हिंसात्मक घटनाहरू तत्काल रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । बैठकले स्थानीय तथा राष्ट्रिय स्तरका राजनीतिक नेता, नागरिक समाज र प्रशासनलाई साम्प्रदायिक शान्ति कायम राख्न एकजुट हुन आह्वान गर्दै घृणा फैलाउने र उक्साहटपूर्ण गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाईबान्धाको पलासबाडी उपजिल्लास्थित श्री श्री राधा गोविन्द तथा काली मन्दिरमा निर्माण गर्न लागिएको भगवान रामको विश्वकै ठूलो भनिएको मूर्ति निर्माण कार्यलाई बंगलादेशका अधिकारीहरूले स्थगित गर्न आदेश दिएका छन् । मन्दिरका सल्लाहकार श्यामकुमार महन्तले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएपछि यसको चौतर्फी विरोध भइरहेको छ। आलोचकहरूका अनुसार केही कट्टरपन्थी इस्लामिक समूहहरूको दबाबका कारण सरकारले यो निर्माण कार्य रोक्न लगाएको हो ।

यसैबीच, निर्वासित बंगलादेशी लेखिका तथा मानव अधिकारवादी कार्यकर्ता तसलिमा नसरिनले पनि यस घटनाको कडा आलोचना गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नसरिनले बंगलादेशमा लाखौँको संख्यामा मस्जिदहरू रहेको र नयाँ मस्जिदहरू निरन्तर बनिरहेको अवस्थामा एउटा हिन्दू मन्दिर र मूर्तिको निर्माणमा मात्र किन यति धेरै अवरोध र विरोध भइरहेको छ भनी प्रश्न उठाएकी छन् । उनले धार्मिक स्वतन्त्रता बहुसङ्ख्यकका लागि मात्र नभई अल्पसङ्ख्यकहरूका लागि पनि समान हुनुपर्ने उल्लेख गर्दै मन्दिर निर्माणका विरुद्ध भइरहेका धम्की र घृणास्पद अभिव्यक्तिहरू कानुनी राज्यको उपहास भएको बताएकी छन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : १४ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको