अर्थसंक्षेप : अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, नेपालगञ्ज–पोखरा उडान पुनः सुरु, सुनको मूल्यमा भारी वृद्धि र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो « Khabarhub

अर्थसंक्षेप : अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, नेपालगञ्ज–पोखरा उडान पुनः सुरु, सुनको मूल्यमा भारी वृद्धि र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट प्रवाह भएको कर्जा चुक्ता नगरेको भन्दै ऋणी कम्पनी एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकले भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरी ऋणी तथा जमानीकर्ताहरूलाई ३५ दिनभित्र बैंकमा सम्पर्क राखी सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरी धितो फुकुवा गर्न अन्तिम अवसर दिएको छ ।

प्रकाशित सूचना अनुसार एन.जि.एम. इन्जिनियरिङ एण्ड सेल्स प्रालिले बैंकबाट विभिन्न तीन शीर्षकमा कर्जा लिएको थियो ।

जसमा चालुपूँजी कर्जा, ब्रिज ग्याप कर्जा १ र ब्रिज ग्याप कर्जा ३ रहेका छन् । यस कम्पनीका संस्थापक सेयरधनीहरूमा डा. रूप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एण्ड कम्पनी प्रालि रहेका छन् ।

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

नेपाल आइपुग्यो सिएरा.इभी : नाडा अटो शोमा सार्वजनिक हुँदै

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेको विषयमा आलोचना गर्दै अमेरिकी नीति असफल भइसकेको दाबी गरेका छन् ।

अराघचीले अमेरिकी आर्थिक दबाबले इरानलाई आफ्नो नीतिबाट पछि हटाउन नसक्ने र यसबाट अमेरिकाले थप पराजय व्यहोर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया जनाउँदै उनले अमेरिकाको पछिल्लो कदमलाई देशभित्र बढिरहेको आर्थिक समस्याबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। अमेरिकाले अभूतपूर्व ऋण तथा बढ्दो ब्याज लागतको सामना गरिरहेको उल्लेख गर्दै अराघचीले त्यसबाट ध्यान हटाउन इरानमाथि थप दबाब सिर्जना गर्न खोजिएको आरोप लगाए।

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ७ : ०६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ